Logo

श्रीस्वस्थानी व्रतकथा समाप्ती



Spread the love

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज  माघ शुक्ल पूर्णिमा पूजाआजा गरी सम्पन्न भएको छ ।आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ ।यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना अनि समारोह आफ्नो गक्षअनुसार आयोजना गरेर औपचारीक रुपमा स्वस्थानीको समापन  गर्ने चलन छ । समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथार्त् काठ्माण्डाैको साँखुस्थित शालिनदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत वस्ने चलन रहि अाएको छ ।

हेर्नुहोस् श्रीस्वस्थानी व्रत समापनका केहि फोटोहरु:

img_20170210_122920 img_20170210_130159 img_20170210_131431 img_20170210_131849 swasthani-katha-samapan-1 swasthani-katha-samapan-2 swasthani-katha-samapan-3 swasthani-katha-samapan-5

प्रतिक्रिया दिनुहोस्