Logo

काठमाण्डौमा मेघगर्जन सहित पानी, शनिवार दिउँसभरि नै पानी पर्ने सम्भावना



Spread the love

आज बिहान काठमाण्डौसहित देशभरि विभिन्न स्थानमा मेघगर्जन सहित पानी परिरहेको छ ।

शनिवार बिहान करिब दुई घण्टा पानी परेपछि केही समय मौसम खुल्ने तर पनि दिउँसभरि नै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको छ ।

प्रतिक्रिया दिनुहोस्