Logo

आज बार्सा र एथ्लेटिकोको भिडन्त, खराब इतिहास अन्त्य गर्दै उपाधि उन्मुख हुने एथ्लेटिकोको दाउ



Spread the love

२३ चैत , काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा आज उपाधि दौडमा रहेका दुई बलिया टोली बार्सिलोना र एथ्लेटिको मड्रिडको रोमाञ्चक भिडन्त हुँदैछ । यी दुई टोली सिजनको दोस्रो भेटमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भिड्न लागेका हुन् ।

हाल अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड दुवैका लागि आजको खेलले ज्यादै महत्त्व  राख्नेछ । समान ३० खेलपछि हाल बार्सिलोना ७० अंकसहित शीर्ष स्थानमा रहँदा एथ्लेटिको मड्रिड ६२ अंकसहित दोस्रो स्थानमा छ । अहिले बार्सिलोना स्पष्ट ८ अंकले अगाडि छ ।

लिग लिडर बार्सिलोना आज आफ्नो घरमा हुने यो खेल जितेर स्पष्ट रूपमा उपाधितर्फ अघि बढ्ने योजनामा हुनेछ । यदि आज बार्साले एथ्लेटिकोमाथि जित हात पारे ३१ खेलपछि ११ अंकको अग्रता लिएर बार्सा उपाधिउन्मुख हुनेछ ।

यता, दोस्रो स्थानको एथ्लेटिको भने आज बार्सिलोनाको घरमा हुने यो खेल हारहालतमा जित्ने दाउमा छ । यदि आज पराजित भए एथ्लेटिको पनि उपाधि होडबाट अनौपचारिक रूपमा बाहिरिनेछ ।

आजको खेल एथ्लेटिकोको लागि  लगभल १ दशक लामो खराब इतिहासको अन्त्य गर्न चाहन्छ । ला लिगामा बार्सिलोना विरूद्ध २०१० पछि एथ्लेटिकोले कुनै खेलमा जीत हासिल गर्न सकेको छैन ।

खेल नेपाली समय अनुसार आज राति १२ः३० बाट सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्