Logo

फिल्म रिभ्यु: कस्तो छ दर्शकहरूको अथाह माया पाइरहेको चलचित्र “लभ स्टेशन” ?



Spread the love

“लिलि बिलि” बाट चर्चा तथा लोकप्रियता कमाउँन सफल जोडी प्रदिप खड्का र जसिता गुरूङको पछिल्लो फिल्म लभ स्टेशन हिजो अर्थात् चैत्र २२ गतेबाट नेपालभर प्रदर्शनमा आएको छ । आगामी दिनलाई नहेर्दा पनि यो फिल्मले प्रदर्शनको दिनमै नेपाली फिल्म इतिहासमा नयाँ इतिहास कायम गरेको छ ।

नेपालभर १ सय ४ हल तथा मल्टिप्लेक्समा एकैसाथ प्रदर्शनमा आउने पहिलो फिल्म लभ स्टेशन बनेको छ । इतिहास बनाउँने फिल्म हेर्न नेपालभर दर्शकको भिडलाई फिल्म हलले पनि थेग्न सकेका छैनन् । प्रदर्शनको दिन सबै हलमा हाउसफुल प्रदर्शन गरेको फिल्मले आज पनि देशभर नै हाउसफुल प्रदर्शन गरेको छ ।

‘लिलि बिलि’बाट नै चर्चामा आएका सुपरहिट जोडीको फिल्म लभ स्टेशन हरेक तबरले उत्कृष्ट बनेको छ । फिल्ममा छनौट गरिएका पात्र सहित अन्य हिसाबले पनि फिल्म उत्कृष्ट बनेको छ ।

नाम अनुसारको फिल्ममा पुरै समय मायाकै बहार सिर्जना भएको छ भने छायाङ्कनका लागि चयन गरिएका दार्जि्लिङ , सिक्किम, इलाम तथा कालिङपोङले नायक र नायिकाको प्रेम कथामा साथ दिने काम गरेका छन् । समग्रमा फिल्म भएका डायलग तथा मनछुने लाइनहरू पनि उत्कृष्टताका साथ चयन गरिएको छ ।

फिल्ममा समाविष्ट गीत तथा संगीत पनि निकै उत्कृष्ट रहेका छन् । “घाम जुन चाहिँदैन“ र “मेरो आगनीमा“ जस्ता गीतहरूमा गरिएका शब्द चयनले फिल्म तथा मायाको मौसमलाई मधुरता प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्