Logo

आईपीएलः मुम्बईद्वारा हैदराबाद ४० रनले पराजित, हैदराबाद दोस्रो – मुम्बई चौथो स्थानमा



Spread the love

भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शनिबार राती सम्पन्न १९ औं खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गरेको छ ।

मुम्बइले हैदरावादलाई १ सय ३७ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा हैदरावादले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९६ रनमात्र बनाउन सक्यो ।

हैदरावादका लागि दीपक हुड्डाले २०, मनिश पाण्डे र जोनी बेरिस्टो समान १६-१६, डेभिड वार्नरे १५, मोहम्मद नाबीले ११ , विजय शंकर र सन्दीप शर्माले समान ५-५ रन, भुवनेश्वर कुमारले २ रन जोडेका थिए ।

मुम्बईका लागि अलजरी जोसेफले सर्वाधिक ६ विकेट लिए भने राहुल चाहरले २ र जसोन बेरिन्डोर्फ र जसप्रित ब्रहमाले समान १-१ विकेट लिएका थिए ।

यसअघि मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट घुमाउदै १ सय ३६ रन बनाएको थियो ।

मुम्बईका लागि किरोन पोलार्डले सर्वाधिक ४६ रनको योगदान गरेका थिए । त्यस्तै रोहित शर्माले १७ रन जोड्दा क्यु डी कोकाले १९ रन जोडे ।

बलिङतर्फ हैदराबादका शीदार्थ काउलले तीन विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले दुई विकेट लिए । हैदराबादका लागि सन्दीप शर्मा र रशिद खानले समान एक एक विकेट लिए ।

हैदरावाद र मुम्बई दुबैले ५ खेलमा ३ मा जित र २ मा हार व्यहोर्दै ६ अंक ल्याएका छन् । रनरेटका आधारमा हैदरावाद अंकतालिकाको दोस्रो नम्बरमा छ भने मुम्बई इण्डियन्स अंकतालिकाको चौंथो नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस्