Logo

स्ववियु चुनावमा देशकै सम्भावित कान्छा उम्मेदवार नवीन शाही



Spread the love

nabin-shahiअखिल (क्रान्तिकारी)ले बानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु सभापतिको उम्मेद्बारमा नवीन शाहीलाई उठाउने भएको छ।
आगामी फाल्गुन १४ गते हुने स्ववियु चुनावको लागि उनको नाम अन्तिम गरिएको संगठनका एक सदस्यले जानकारी दिए।

क्याम्पसको उम्मेदवारी घोषणा कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रन्जित तमाङले वास्तविक विद्यार्थी नेता नै स्ववियु अध्यक्षमा होमिन खोजेको बताए। इकाइ अध्यक्ष समेत भएको, पार्टी, विद्यार्थी र संगठनलाई राम्रोसँग बुझेको भएकाले पनि उनलाई सभापतिमा बनाउने कुनै विवाद नहुने तामाङले बताए। साथै आउँदा दिनमा पनि विद्यार्थीका लागि उनले अझै केही गर्न सक्ने पनि उल्लेख गरे।

सम्भावित कान्छा स्ववियु सभापतिका उम्मेदवार

“२०५३ सालमा सल्यानको बागचौर नगरपालिकामा जन्मिएका शाही पन्चायतकाल र तत्कालीन राज्यबाट पीडित परिवारमा हुर्केका हुन्”   बानेश्वर बहुमुखी क्याम्पसमा पढ्ने सल्यानका बिबेक ढकालले भने।

माध्यमिक तहसम्मको पढाई गाउँमै पुरा गरेका शाहीले त्यसपछिको अध्ययन काठमाडौमा रहेको बानेश्वर क्याम्पसमा गरिरहेका छन्। २०६८ सालदेखि बानेश्वर क्याम्पसमा अध्ययन गरिरहेका उनी अहिले स्नातक तहमा नियमित अध्ययन गरिरहेका छन्। अखिल क्रान्तिकारीमा आबद्ध भएर अहिले काठमाडौँ क्याम्पस जिल्ला सचिवालय सदस्य समेत छन्।

२० बर्ष कै उम्मेरमा सभापतिका उम्मेदवार हुने शाही सम्भावित कान्छा स्ववियु सभापतिका  उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्