Logo

जापान जानेका लागि खुसीको खबर



Spread the love

२१ असार, जापान
बिष्णु अर्याल

जापानमा अध्ययन गर्न आउने नेपाली सहित विश्वभरका विद्यार्थीहरूको लागि खुसीको खबर छ । त्यो हो जापान सरकारले विदेशी विद्यार्थीहरूको लागि अब ग्रिन कार्ड लागू गर्ने भएको छ । जापानका प्रधानमन्त्री सिन्जो आवेको पहलमा विदेशी बिध्यार्थीहरुलाइ लक्षित गरी ग्रीन कार्ड लागू गरिने भएको हो । हालको ५ वर्ष काम नगरी स्थाइ बसोबासको आवदेन दिन नपाइने नियमलाई संशोधन गरी छोटो पारिने भएको छ । प्रधानमन्त्री आबेले हालै गर्नुभएको घोषणा अनुसार आउदो आर्थिक वर्ष भित्र जापानले जापानमा अध्यन गरेका बिदेशीहरुको रोजगारीलाइ ५० प्रतिशतमा बढाउन सरकारले विशेष योजना ल्याउने भएको छ । जापानमा तोकिएको समयभित्र मात्र काम गर्ने विदेशीहरुको सङ्ख्या अत्यन्त न्यून भएको पाइएपछि जापान सरकारले त्यसलाई सजिलो पार्न पनि काम गर्न पाउने समय बढाउन लागेको ठानिएको छ । कोउगाकु सिन्बुनका अनुसार प्रधानमन्त्री आवेले विदेशी बिधार्थीहरुले अध्यन गर्न जापान रोजेर आएपछी यहाँ जागिर पाए जापानको विकासमा पनि टेवा पुग्ने भएकाले उनीहरूले गर्न पाउने कामको समय बढाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्