Logo

निखिल उप्रेती स्टारर फिल्म ‘निर्भय’को ट्रेलर रिलिज



Spread the love

निखिल उप्रेती स्टारर फिल्म ‘निर्भय’को ट्रेलर रिलिज भएको छ । चैत्र ११ मा रिलिज हुन लागेको फिल्मको आइतबार ट्रेलर रिलिज गरिएको हो । भ्यालेन्टाइन डे लाई लक्षित गर्दै निर्माणपक्षले निखिलको धमाकेदार एक्सन समाबेश निर्भय ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रमा हिमाल केसीको द्धन्द्ध निर्देशन छ । ट्रेलरमा देखिए अनुसार चलचित्रमा निखिल प्रहरीको भूमिकामा छन् भने नीताले निखिलकी श्रीमतीको रोल प्ले गरेकी छिन् । ट्रेलरमा निखिलसँगै लिड अभिनेत्री नीता ढुङ्गाना, प्रज्वल गिरी, विकास चापागाईं, सुशिल पोखरेल लगायत फिचरिङमा छन् । मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन ।

हेर्नुहोस ट्रेलर

https://youtu.be/wem6YhzsxiM

प्रतिक्रिया दिनुहोस्