Logo

महानगरमा अब राति १० बजेसम्म सार्वजनिक यातायात चल्ने



Spread the love

 

काठमाडौं । काठमाडौ महानगरपालिकाको आइतबार भएको नगरसभाले सवारी तथा यातायात व्यवस्था ऐन २०७५ पारित गरेको छ ।

उक्त ऐनमा बिहान ५ बजेदेखि राति १० बजेसम्म अनिवार्य सार्वजनिक सवारी संचालन गर्नुपर्ने, विद्युतीय टिकटको व्यवस्था गर्नुपर्ने, सवारीमा प्राथमिक उपचारको सामग्री, अग्नी नियन्त्रण उपकरण र फोहोर राख्ने भाँडा अनिवार्य राख्नुपर्ने उल्लेख छ ।

महानगरका मेयरले ऐन प्रमाणीकरण गरेपछि कार्यन्वयन हुने महानगरले जनाएको छ । ऐनमा बालबालिका, जेष्ठ नागरिक र अपाङ्ता भएकालाई परिचय पत्रअनुसार सहुलियत दिनुपर्ने, तोकिएको स्थानमा मात्र यात्रु चढाउने र उतार्नुपर्ने, चालक र सहचालकलाई पोषाक अनिवार्य लगायतका प्रावधान छन् ।

प्रतिक्रिया दिनुहोस्