Logo

हावाहुरीबाट प्रभावितहरुलाई राहत सामाग्री वितरण गर्दै नेवि संघ



Spread the love

काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरुले गत आइतबार बारा र पर्सा जिल्लामा आएकोे विनाशकारी हावाहुरीबाट प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको छन।

हावाहुरीबाट घरबार बिहीन भएका पीडित परिवारलाई डस्ना, ब्ल्याङकेट र खाद्य सामाग्रिहरु वितरण गरिनुका साथै विद्यार्थी तथा शिक्षकहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

बिनासकारी हावाहुरीबाट प्रभाबित बारा र पर्साका पीडित परिवारलाई जीबनयापनमा सहज होस भन्ने उद्धेश्यले नेवि संघले विभिन्न राहात सामाग्रीहरु उपलब्ध गराएकोे त्रिचन्द्र क्याम्पसका सिनियर लिडर बसन्त राज भाटले बताए ।

राहत वितरणमा नेवि संघका पुर्व केन्द्रीय सदस्यद्वय नेता गंगा कार्की र राम सुन्दास, त्रिचन्द्र क्याम्पसका सिनियर लिडर बसन्त राज भाट, सिन्धुली नेवि संघका नेता भिम बानिया, बारा नेवि संघका बद्री तिवारी र रिता रिजाल र अन्य वारा नेवि संघका नेता तथा कार्यकर्ताहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्