Logo

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टी – २० क्रिकेटमा ५० विकेट पुरा



Spread the love

२५ चैत, काठमाडौं ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई पछिल्लो एक वर्षमा अन्तर्राष्टिय फेन्चाइज लिग खेल्न भ्याई नभ्याई छ । हाल दिल्ली क्यापिटल्सबाट आईपीएल खेली रहेका सन्दीपले लगातार सफलता हात पार्दै आएका छन् ।

यसै क्रममा सन्दीपले १८ वर्षको उमेरमै टी२० क्रिकेटमा ५० विकेट पुरा गरेका छन् । आइतबार बेलुका इन्डियन प्रिमियर लिग अन्तरगत २० औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका मोइन अलीलाई आउट गर्दै सन्दीपले यो सफलता हात पारेका हुन् । सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बलर समेत हुन् ।

कसरी पुग्यो ५० विकेट ?

सन्दीपको यात्रा गत वर्ष आईपीएलमा दिल्ली डेयर डेभिल्स र हाल दिल्ली क्यापिटल्सबाट सुरु भएको हो । गत वर्ष आईपीएलमा अन्तिम ३ खेलमा ५ विकेट लिएका थिए । सन्दीपले क्वारेवियन प्रिमियर लिगमा ५ खेलमा ७ विकेट लिए । अफगानिस्तान प्रिमियर लिगमा सन्दीपको नाममा २ विकेट रह्यो । विग ब्यासमा ११ विकेट लिए ।

सन्दीपले बंगलादेश प्रिमियर लिगमा ४ विकेट लिए । त्यसपछि यूएसँगको ३ टी २० सिरिजमा ५ विकेट लिएका थिए । पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिए । जारी आईपीएलमा सुरुवाती ४ खेलमा ५ विकेट लिएपछि ५० विकेट पुरा भएको हो ।

प्रतिक्रिया दिनुहोस्