Logo

आगामी जुलाइ ४ तारिख देखि नेपाल वायुसेवाले जापानमा सीधा उडान भर्ने



Spread the love

२५ चैत, काठमाडौं ।
लामाे प्रयासपछि राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगमले आफ्ना जहाज जापानमा उडान गर्न अनुमति पाएको छ । आगामी जुलाइ ४ तारिखदेखि निगमले एक हप्तामा ३ वटा उडान भर्ने गरी जापान सरकारबाट अनुमति पाएकाे हाे ।

जापानकाे ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडानका लागि अनुमति पाएसँगै निगमले ४० दिनभित्रमा नियमित उडान सुरु गर्ने योजना बनाएको  छ ।

स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानकाे ओसाकाका लागि सीधा उडान गर्नेछ । यस उडानकाे नेपाली समय राति २:३० बजे रहेकाे छ भने जापानकाे स्थानीय समय ११:५५ मा ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । जापानबाट भने काठमाडाैँका लागि स्थानीय समयअनुसार १:५५ बजे उडान भर्नेछ । निगमले आफ्ना आफ्ना एयरबस जहाज मार्फत उडान भर्ने थालेकाे हाे ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जिर्णोद्वारको काम भइरहेकाले समय तालिका नमिल्ने देखिएपछि निगमले साे काम सकिए लगत्तै उडान गर्ने जनाइएकाे छ । याे उडान नियमित भएमा निगमले जापानकाे अर्काे विमानस्थलमा समेत उडान अनुमति पाउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्