Logo

अबको निमित्त प्रहरी महानिरीक्षक को ?



Spread the love

police

आज रातिबाट अनिवार्य अवकास पाउन लाग्नुभएका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कसैलाई पनि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी नदिएको बताउनुभएको खबर आजको नेपाल समाचापत्रमा छ ।

सरकारले आइतबार बिहान डीआईजी जयबहादुर चन्दलाई नयाँ प्रहरी प्रमुखका रुपमा नियुक्त गरेको भए पनि आइतबार नै सर्वोच्च अदालतले चन्दको नियुक्तिलाई अगाडि नबढाउन आदेश दिएपछि निमित्त कसलाई बनाउने भन्नेबारेमा अन्योलता छाएको छ ।

महानिरीक्षक अर्यालले भन्नुभयो – ‘आज सोमबार कसलाई निमित्त दिने भन्ने बारेमा निर्णय हुन्छ । अहिलेसम्म कसलाई निमित्त दिने कुनै निर्णय भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्