Logo

पीएसजी घरेलु मैदानमा स्टार्सवर्गसँग बराबरीमा रोकियो



Spread the love

२५ चैत, काठमाडौं ।
आइतबार पीएसजी घरेलु मैदानमा स्टार्सवर्गसँग २–२ गोलको बराबरीमा रोकिएको छ । लिग वानमा पीएसजीको यो तेस्रो बराबरी हो ।

घरेलु मैदान पार्क दि प्रिन्सेस पेरिसमा भएको खेलमा पीएसजीले अग्रपङ्तिमा युवा खेलाडीलाई मौका दिएका थिए । चोटका कारण नेयमार र एडिन्सन कभानीको साथ नपाएको पीएसजीले केलियन एमबाप्पे र एन्जल डि मारियालाई विश्राम दिएका थियो ।

पीएसजीका लागि इरिक म्याक्सिम चुपो मोटिङ र थिलो केहररले गोल गरे । स्टार्सवर्गका नुनो डि कोस्टा र एन्थोनीले गोल गरे । खेलको १३औं मिनेटमा इरिकको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । २६औं मिनेटमा नुनोले बराबरी गोल फर्काए । ३८औं मिनेटमा एन्थोनीले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा २–१ ले पछि परेको थियो ।वैकल्पिक खेलाडी डिफेन्डर थिलो केहररले गोल गर्दै पीएसजीलाई २–२ गोलको बराबरीमा ल्याए ।

७६औं मिनेटमा क्रिस्टोफोरको स्थानमा थिलो मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा पीएसजीले युवा स्टार फरवार्ड एमबाप्पेलाई मैदानमा उतारेपनि उनले गोल गर्न भने सकेनन् ।

पीएसजीले खेलभर नै स्टार्सवर्गलाई दवावमा राखेको थियो । पीएसजीको एक मुभमा चुपो मोटिङले गोल गर्ने प्रयास गर्दा आफ्नै सहयात्रीले गरेको प्रहार गोल लाईनबाट बचाइदिएपछि पीएसजी बराबरीमा रोकिएको थियो । पीएसजीले बराबरी नतिजाका कारण ८ खेल अगावै च्याम्पियन बन्ने खुशीयाली मनाउन पाएन ।

बराबरीपछि पिएसजीको ३० खेलबाट ८१ अंक पुगेको छ । पीएसजीले दोस्रो स्थानको लिलेलाई २० अंकले पछि पारेको छ । लिलको ३१ खेलमा ६१ अंक रहेको छ । स्टार्सवर्ग ४३ अंकसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्