Logo

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु



Spread the love

२५ चैत, काठमाडौं ।
अर्घाखाँचीमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । चण्डिखर्कबाट प्युठान जाने क्रममा लु १ ज १२२९ नम्बरको जीप भूमिका नगरपालिका ८ लाप्टेबाज भन्ने स्थानमा दुर्घटना भएको थियो ।

गम्भीर घाइते ११ जनालाई सामान्य उपचारपश्चात थप उपचारका लागि बुटवलतर्फ लगिएको छ । मृतकहरुको सनाखत हुन नसकेको गुल्मी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्