Logo

आईजीपी नियुक्तिमा राजनीतिक खिचातानी



Spread the love

4-dig-nepal-police

तीव्र राजनीतिक संकट र सत्ता गठबन्धनका प्रमुख घटकबीच मतभेद चुलिँदा पहिलोपल्ट मुलुकको प्रमुख सुरक्षानिकाय नेतृत्वविहीन बन्न पुगेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

मन्त्रिपरिषद्ले आइतबार नेपाल प्रहरीको वरीयतामा तेस्रो नम्बरमा रहेका जयबहादुर चन्दलाई नयाँ आईजीपी नियुक्त गरेलगत्तै सर्वोच्च अदालतले त्यसको कार्यान्वयनमा अन्तरिम रोक लगाएको थियो।
यससँगै कार्यवाहक प्रमुख कसलाई बनाउने भन्नेबारे सत्ता गठबन्धनभित्र तीव्र मतभेद देखा परेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले सोमबार प्रहरी नियमावली संशोधन गरी प्राविधिकतर्फका प्रमुख एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त आईजी नियुक्त गरेको छ।

सोमबार नै प्रहरी प्रमुखका रूपमा उपेन्द्रकान्त अर्यालसहित ११ एआईजी, तीन डीआईजी गरी १५ जनाले सेवाहदका कारण अवकाश पाएका छन्। वरीयताको एक नम्बरमा रहेका डीआईजी नवराज सिलवाललाई कार्यवाहक पनि नदिने सरकारको अडानपछि नियमावली संशोधन गरी प्राविधिकतर्फका डा. पोखरेललाई उक्त जिम्मेवारी दिने निर्णय भएको हो।

डीआईजी सिलवालले आफ्नो वरीयता मिचेर चन्दलाई आईजीपी बनाएको भन्दै प्रहरी प्रमुखका रूपमा नियुक्तिका लागि सरकारलाई आदेश दिन सर्वोच्चसमक्ष दायर गरेको रिट निवेदनमा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले सोमबार नै आईजीपी नियुक्त जयबहादुर चन्दको पदस्थापन नगर्न/नगराउन आदेश दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्