Logo

भिडियो लाइक गर्दा पीएसजीका राबीओट निलम्बनमा



Spread the love

२६ चैत, काठमाडौं ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले मिडफिल्डर एड्रीएन राबीओटलाई सामाजिक संजालमा एक भिडियो लाइक गरेको भन्दै क्लबले निलम्बन गरेको छ ।
केही समयता क्लबसँग नयाँ अनुबन्धन नगरेका कारण सिनियर टोलीमा नरहेका राबीओटले फ्रान्सका पूर्व डिफेन्डर प्याट्रीस एभ्राले हालेको भिडियो लाइक गर्दा समस्यामा परेका हुन् ।

पछिल्लो समय क्लबहरुले सामाजिक संजालमा खेलाडीहरुको प्रस्तुतिलाई निकै नजिकबाट निगरानी गरिरहेका छन् । आफ्ना समर्थकहरुको लागी क्लबकै मर्यादा पालन गर्न खेलाडीहरुले सोच्नुपर्ने हुन्छ ।

एभ्राले म्यानचेस्टर युनाइटेड र पीएसजीबीच पार्क डे प्रिन्सेसमा भएको खेलमा युनाइटेडले जित दर्ता गरेपछि खुसियाली मनाएको भिडियो इन्स्टाग्राममा हालेका थिए । राबीओटले उक्त भिडियो लाइक गरेपछि पीएसजीले उनलाई निलम्बन गरेको हो । क्लबको अस्मिता माथि खेलबाड गरेको र क्लबप्रति वफादारी नदेखाएको कारण उनलाई निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ।

राबीओट उत्कृष्ट युवा मिडफिल्डरमा गनिन्छ पछिल्लो समय भने क्लबबाट खेलिरहेका छैनन् । उनले अर्को जुनमा पीएसजीसँग सम्झौता सकिएपछि फ्री ट्रान्सफरमा अन्य क्लब जाने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्