Logo

चलचित्र ‘छ माया छपक्कै’को निर्माण घोषणा



Spread the love

चलचित्र ‘छक्का पन्जा, २ , ३ ‘ले नेपाली चलचित्र  बक्स अफिसका सबै रेकर्ड ब्रेक गरि सुपरहिट बनेको थियो भने फेरि दीपकराज गिरीको नयाँ चलचित्र दर्शकमाझ आउने भएको छ । चलचित्र ‘छ माया छपक्कै’ आउदो बैशाखको पहिलो हप्ताबाट छायांकन सुरु हुने छ । चलचित्र पुरै कमेडी कथामा निर्माण हुने बताइएको छ ।

चलचित्रमा दिपकराज गिरीको टिम र निर्माता रोहित अधिकारीसँग टिमअप गरेका छन् । चलचित्र आमा सरस्वती मुभिजको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो ।

चलचित्रमा कलाकार दिपकराज गिरी र केदार घिमिरले अभिनिय गर्ने पक्का भएको छ भने अन्य कलाकारको टुङ्गो लाग्न बाँकी रहेको छ । निर्माण टिम अहिले नायिका चयनमा जुटेका छन् ।

यस चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका छन् भने रोहित अधिकारीको लगानी रहेको छ । यस चलचित्रको नाफा ५० प्रतिशत भने दिपकराज गिरीको टिमलाई जानेछ ।चलचित्र आउदो बर्षको दशैंमा मात्र रिलिज हुने तय गरिएको निर्माणपक्षले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्