Logo

२२ औ जनयुद्ध दिवसको अवसरमा सल्यानको फारुलामा सडक उदघाटन



Spread the love

16684186_1448300061870186_5501302098822210166_n

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा सल्यान क्षेत्रन १ का सांसद टेकबहादुर बस्नेतले पछिल्लो समयमा आफ्नो सम्पूर्ण ध्यान सल्यान जिल्लाको विकास निर्माणमा लगाउने बताएका छन् ।

प्रत्येक वर्ष फाल्गुन १ गते देशभरका माओवादी गठबन्धन हरुले जनयुद्ध दिवस मनाउदै आईरहेकै बेला २२ औ जनयुद्ध दिवसको अवसरमा सल्यान भल्चौर १ फारुलाचौरमा आयोजना गरिएको सडक उदघाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले अब आफू विकास निर्माण कार्यमा होमिने बताएका हुन ।सल्यान जिल्ला जनयुद्धको उर्वर भूमि भएका कारण सहिद , बेपत्ता, घाइते ,अपांग परिवारजन प्रति २२ औ जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्दै सहिदका सपनालाई खेर जान नदिने प्रतिबद्धता समेत गरेका छन् ।

समयको माग अनुसार क्रान्तिका अधुरा कार्यभार पूरा गरिरहेको नेकपा माओवादी केन्द्रले अब जनयुद्धको उपल्बधिलाइ संस्थागत गर्न विकासका खाकाहरु लिएर जनता समक्ष जाने बताएका हुन ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बस्नेतले आफ्नो केही समय संविधान निर्माण प्रक्रियाले खर्चदा सल्यानी जनताले सोचे अनुरूपको विकास निर्माण गर्न नसकेको स्विकार्दै,अबका दिनहरू सल्यानि जनताहरुको साथमा रही जिल्लाका सम्भावना बोकेका आर्थिक, सामाजिक, संस्कृतिक तथा भौगोलिक क्षेत्रको अध्यान गरी सडक,बिजुली बत्ती,सन्चार,कृषि,पर्यटन आदि क्षेत्रको विकासमा लागि पर्ने र यो अभियानमा सल्यानी जनताहरुको भर्पुन साथ रहनु पर्ने बताएका छन् ।

सल्यान क्षेत्र न १ अन्तर्गत सांसद विकास कोष बाट करिब २८ लाख रकम बाट निर्मित भएको हो  ।

रारेचौर,सेताढाँर,बाघखोर,फारुलाचौर,सिलिङ्गे सम्मको करिब २१ किलोमिटर मोटरबाटोको विशिष्ट अतिथिले रिबिन काटेर उद्घाटन गरिसके पछि ना३ ख ९०४६ र ना ६ ख६४३४ नम्बरका २ वटा यात्रुबाहक बस सोही मोटरबाटो हुँदै फारुलाचौर पुगेका थिए।

मोटर बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्र बहादुर केसीको अध्यक्षतामा सप्पन्न उक्त उद्घाटन कार्यक्रममा नेकपा माओवादीका पूर्व सांसद उमाकान्त शर्मा, प्रमुख जिल्ला अधिकारी, भरत कुमार बुढाथोकी, प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्री, अनुसन्धानका प्रहरी उपरीक्षक, ओपेन्द्र रावत, नेपाली सेना भगवती दलगनका मेजर पृथ्वी बहादुर थापा, जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेधि, जिल्ला इन्जिनियर जगदीश प्रसाद घिमेरे, नेपाली काङ्ग्रेस सल्यानका पूर्व सचिव तथा महादिबेशन प्रतिनिधि एकराज डिसी, पूर्व जिल्ला सहसचिव रामचन्द्र केसी, नेकमा माओवादी केन्द्र्का जिल्ला सचिव निम बहादुर केसी “अरुण” , नेकपा एमालेका दलबहादुर के सी लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए।
आफ्नो गाउँमा पहिलो पटक गाडी पुग्दा दर्जनौ गाउँ बस्तिहरुमा स्थानीय बासिहरुले फुलमाला,पन्चेबाजाले अतिथि र गाडिहरुलाई स्वागत गरेका थिए। उक्त सडक खण्डका केही भागहरुमा अफ्ठ्यारो भएका कारण सडकको मर्मत कार्य पछि बाग्चौर देखि नियमित गाडी सञ्चालन गरिने सल्यान रुकुम यातायात व्यवसायीका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिएका छ्न ।उक्त सडक खण्डमा नियमित गाडी सञ्चालन पछि दर्जन बढी गाउँका यात्रुहरुलाई सहज हुने स्थानीय बासिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्