Logo

सल्यान देखि काठमाडौंका लागि डिलक्स बस सन्चालन गरिदै



Spread the love

dilux-bus

गुणस्तरीय यातायात सेवा गाउँ देखि सहर सम्म पुर्‍याउने उद्देश्य राखेको सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले पछिल्लो समयमा सुविधा युक्त डिलक्स बसहरु समितिमा भित्र्याएको छ ।

समयको माग र जनताको चाहना अनुरूप यातायात को सहज सुविधा पुर्‍यादै आई रहेको सल्यान रुकुम यातायात व्यवसायी समितिमा लामो दुरिका लागि आरामदायी गाडीहरु हुनु पर्ने ,जनताले राखेको मागलाई सम्बोधन गर्दै सल्यान खलंगा बाट पहिलो चरणमा काठमाडौंका लागि भनेर केही सुविधा युक्त डिलक्स बस हरू सल्यानमा भित्र्याएको समितिले जानकारी दिएको छ ।

यातायात क्षेत्रलाई यात्रुमैत्री बनाउनको लागि आफुहरु हर बखत लागि परेको र जिल्लाका ग्रामीण स्थानहरुमा साना ठुला साना गाडी सञ्चालन गरिरहेको पहिलो अभियान अन्तर्गत जिल्ला बासीको चाहनालाई पूरा गर्न लामोदुरिका लागि डिलक्स बसहरु सन्चालनमा ल्याएको समितिका अध्यक्ष लोकमान बुढाथोकीले बताएका छन् ।

यता २२ औ जनयुद्ध दिवसको अवसरमा फाल्गुन १ गते उद्घाटन गरिएको रारेचौर, सेताढाँर, बाखखोर , सिलिङ्गे सम्मको सडक खण्डमा फाल्गुन ४ गते बाट नियमित रूपमा गाडी सञ्चालन गरिने भएको छ ।

थारमारे देखि भल्चौर १ फारुलाचौर का लागी दैनिक दिउँसो ३ बजे गाडी छुटाइने समितिका डाइल इन्चार्ज शोभाकर थापा ” सुनिलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्