Logo

आमा छोरीलाई बोक्सीको आरोपमा अर्धनग्न बनाएर कुटपिट



Spread the love

बोक्सी आरोपमा रुपन्देहीमा दुई महिलालाई अर्धनग्न बनाएर कुटपिट गरिएको छ । एकैघरका आमा छोरीलाई बोक्सीको आरोपमा छिमेकीले कुटेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

सुर्यपुरा गाविस ७ क्षत्रापुरा बस्ने ५८ बर्षीय माल्ती केवट र उनकी छोरी आरती केवटमाथि कुटपिट भएको हो । छोरा बुहारीलाई बोक्सी लगाएको आरोपमा छिमेकीबाट उनीहरु कुटिएका हुन् ।

आफ्ना छोरा बुहारीलाई बोक्सी लगाएको भन्दै छिमेकी रामनयन लोध, उनका छोरा विनोद लोध र साला नाता पर्ने युवासहितले दुई महिलामाथि कुटपिट गरेका हुन् । उनीहरुले शनिबार राती घर घेरा हालेर कुटेको पीडित माल्ती केवटले बताइन् । आमालाई कुटपिट गरेपछि बचाउन पुगेकी छोरीलाई पनि उनीहरुले कुटेका थिए ।

कुटपिटको क्रममा अर्धनग्न बनाएको छोरी आरतीले बताइन् । ‘कपडा च्यातिदिए, रगत बगुन्जेल कुटिरहे, प्रहरी आएपछि बल्ल छाडे’ आरतीले भनिन् । प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई एक घण्टामै छोडेको पीडितले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्