Logo

स्ववियु निर्वाचन सर्‍यो, फागुन १८ मा हुने



Spread the love

 

sutdent-election-chunab-fsu

 

इन्द्रेणी फुडल्याण्डमा बसेको प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरूको संयुक्त बैठकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको छ ।

कांग्रेस, एमाले र माओवादीका शीर्ष विद्यार्थी नेताहरूको बुधवार बसेको बैठकले चुनाव जसरी भएपनी फागुन १४मा गर्ने गर्ने निर्णय गरेका थिए । तर २४ घण्टामै फेरी निर्वाचन सार्ने सहमति गरेका छन् ।

बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए ।

त्रिभुवन विश्वविद्यालयले बिहीबार दिउँसो दुई बजे प्रमुख विद्यार्थी संगठनका नेताहरूलाई छलफलमा बोलाएको छ । त्यहीँबाट त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको नयाँ तालिका सार्वजनिक गर्ने सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्