Logo

सरकारलाई घुडा टेकाउँछु भन्ने डाक्टरमाथि बल प्रयोग गरिन्छ, कसैलाई दया माया गरिदैन् : मन्त्री पण्डित



Spread the love

२८ चैत, धनगढी ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सहमति विपरित सरकारलाई घुडा टेकाउँछु भनेर डाक्टरले व्यवहार गरेको आरोप लगाएका छन् ।

उनले यदि डाक्टरहरु उपचारमा नर्फिकिए बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चालन गर्ने चेतावनी समेत दिए ।

प्रेस क्लव धनगढीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हने बताए ।

कानुन अनुसार सरकारले डाक्टरलाई कारवाही गर्न सुरु गरिसकेको बताउदै ‘अबको निकास भनेको बल प्रयोग गरेर अस्पताल सञ्चालन गर्ने हो’, मन्त्री लालबाबु पण्डितले भने ।

राष्ट्रको सामु खाएको सपथअनुसार अगाडि नबढेमा सरकारले कारवाही गर्ने उनले बताए। हिजोको जस्तै केन्द्रमा बसिरहन्छु भनेर कसैले पनि नसोच्न उनले सबैलाई आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्