Logo

मताधिकार बन्चित गर्ने जिल्लाका नेताको निर्णय विरुद्ध सल्यानी बिद्याथी आन्दोलित



Spread the love

sutdent-election-chunab-fsu

नेविसंघ , अनेरास्ववियु , माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेताहरूले  जिल्लामा भागबण्डा गरेर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)  निर्वाचनमा विद्यार्थीहरूको मताधिकार बन्चित गरेको भन्दै बिद्याथीहरु आन्दोलित भएका छन् ।

बुधवार साझ नेविसंघ , अनेरास्ववियु , माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सल्यान जिल्ल्लाका विद्यार्थी नेताहरूले स्ववियुको निर्वाचनमा सल्यान जिल्लामा रहेका सबै क्यम्पसहरुमा प्रतिस्पर्दा नगरेर क्याम्पसहरु भागबन्डा गरेर जाने सहमति गरेका थिए ।

आज बिहान माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जनकल्यान क्याम्पस इकाइ कमिटीका अध्यक्ष खडग खड्का र सचिव कमला डी. सी. ले एक विज्ञप्ति जारी गर्दै  मताधिकार बन्चित गर्ने जिल्लाका नेताको निर्णय विरुद्ध  एक विज्ञप्ति जारी गर्दै क्याम्पसमा ताल्चा लगाएका थिए ।स्ववियुको निर्वाचन पाँच दिन पछि सरे सँगै केही दिनलाई ताल्चा खोलिएको एक नेताले वताए ।

केही नेताको व्यक्तिगत स्वार्थले टिके प्रथालाई प्राथमिकता दिएर मताधिकार गर्न पाउने विद्यार्थीको अधिकार हनन गर्न खोजेको  भन्दै जनकल्यान क्याम्पसका स्ववियु इन्चार्ज तथा अखिल क्रान्तिकारी सल्यान जिल्लाका सह – इन्चार्ज तिलक बिकले आफुहरुलाई कुनै हालतमा यस्तो निर्णय मान्य नहुने बताए ।

आफुहरुको आन्दोलनमा जनकल्यान क्याम्पसका सम्पूर्ण विद्यार्थीको समर्थन रहेको विद्यार्थी नेता तुफान वलीले बताए ।

मताधिकार बन्चित गर्ने निर्णय विरुद्ध सल्यान जिल्लाका सम्पूर्ण क्याम्पसहरु उभिने सन्केत देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्