Logo

पाँच महिनापछि भेटियो हराएकाको कंकाल



Spread the love

२८ चैत , वालिङ – हराएको झण्डै पाँच महीनापछि बुधबार यहाँको सामुदायिक वनमा कङ्काल फेला परेको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ चिसापानी बेत्ताल सामुदायिक वनमा कङ्काल फेलापरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार उक्त कङ्काल पुतलीबजार नगरपालिका–१३ हिरापाटा बस्ने वर्ष ५२ का ड्यामबहादुर घर्तीको भएको खुल्न आएको छ ।

गत कात्तिक ६ गते आफूखुशी घरबाट हिँडेका घर्तीको मानसिक अवस्था ठिक नभएको मृतकका दाजु धनसिंह घर्तीले बताए ।

कङ्कालमा भएको कपडाको हुलियाका आधारमा धनसिंहले पहिचान गरी कङ्काल बुझेर गएको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

ड्यामबहादुर हराएको पाँच दिनपछि धनसिंहले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा हुलियासहित निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्