Logo

चिकित्सकहरुको आन्दोलनका कारण बिरामीहरुलाई सास्ती



Spread the love

२८ चैत , काठमाडौँ ।
चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि विहीबार वीर अस्पताल परिसरमा पुगेका विभिन्न रोगले सताएका वृद्धवृद्धाहरुले समेत नियमित आफ्नो रोगको चेकजाँच गराउन पाएका छैनन् ।

वीर अस्पताल परिसरमा बाहिरै सञ्चालन गरिएको अस्थायी शिविरमा चेकजाँच गर्न पनि नपाउदा वृद्धवृद्धाहरु समस्यामा परेका हुन् । बृद्धवृद्धाहरु नियमित चेकजाँच नपाएको भन्दै चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका छन् ।

त्यसैगरी चेकजाँच गराउन आएकाहरु पनि चेकजाँचका लागि घण्टौं कुर्नु परेको भन्दै गुनासो गरेका छन् । अस्पतालका चिकित्सकहरुले चेकजाँच नै अवरुद्ध पारेपछि विरामीहरुको बिचल्ली भएको छ ।

चिकित्सक सोनी श्रेष्ठले आफूहरुलाई कर्मचारी समायोजनको नाममा सरकारले पीडा दिएकाले त्यसको विरोधमा अस्पतालका ओपीडी सेवा अवरुद्ध पारेर आन्दोलन गर्नु परेको पनि बताए ।

सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशका विभिन्न ठाउँहरुबाट उपचारका लागि वीर अस्पताल आएका विरामीहरुले एक साता यता झनै सास्ती व्यहोर्नु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्