Logo

दिवंगत नेता भण्डारीको आफ्नै घाटमा अन्त्यष्टि गरिने, पार्टी सभापति देउवा गुल्मी आउँदै



Spread the love

२८ चैत , गुल्मी – जिप दुर्घटनामा परि मृत्युवरण गरेका नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सांसद् रुद्रमणि भण्डारीको भोलि आफ्नै घाटमा अन्त्यष्टि गरिने भएको छ । नेता भण्डारीको श्रद्धाञ्जलीका लागि पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा , वरिष्ठ नेता राम चन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला लगायतका नेताहरू भोलि गुल्मी आउने नेपाली काङ्ग्रेस गुल्मीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

घर परिवारको चाहना अनुसार भोलि उनकै घाट जिल्लाको धुर्कोट गाउँपालिका घनार्जीमा श्रद्धाञ्जली सभा सहित अन्त्यष्टि गरिने बताईएको छ ।

नेपाली काङ्ग्रेस गुल्मीले जारी गरेको विज्ञप्ति

सादा जीवन शैली र स्वच्छ छविका रूपमा आफ्नो छवि बनाएका भण्डारीको जन्म वि.सं. २००४ साल कात्तिक ४ गते धुर्कोट गाउँपालिकामा भएको थियो । उनी २०४८ सालको निर्वाचनमा गुल्मी जिल्लाको साविकको क्षेत्र नम्बर ३ बाट सांसद पदमा विजयी भएका थिए ।

फाइल तस्बीर

आज नेपाली काङ्ग्रेस गुल्मीले शोक विज्ञप्ति जारी गर्दै लोकप्रिय नेता मात्र नभई भरपर्दो छहारी युक्त अभिभावक गुमाएको बताएको छ ।

नेपाली काङ्ग्रेस गुल्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  “उहाँको निधनले नेपाली काङ्ग्रेस एवं राष्ट्रियता, लोकतन्त्र  र समयवादको वैचारिक आन्दोलनमा अपूरणीय क्षति पुग्नुका साथै नेपालको लोकतान्त्रिक आन्दोलनलाई समेत गम्भीर धक्का पुगेको छ ।”

त्यस्तै, नेपाली काङ्ग्रेस गुल्मीले शोक सभाका कार्यक्रम समेत सार्वजनिक गरेको छ । ३ दि सम्म जिल्लाका नेपाली काङग्रेसका सम्पूर्ण क्षेत्र , नगर , गाउँ कार्यका समितिहरू बन्द हुने छन् भने , ७ दिन सम्म पार्टीको आधा झन्डा झुकाउने , एक हप्तासम्म सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा बताइएको छ । त्यसैगरी  पाँचौ दिन देखि ११ औँ दिनसम्म क्षेत्र ,नगर , गाउँ समितिले श्रद्धाञ्जली सभा गर्ने , बैशाख ९ गते नेपाली काङ्ग्रेस गुल्मीले श्रद्धाञ्जलि सभा गर्ने बताइएको छ ।

त्यस्तै उनको पार्थिव शरीरलाई भोली बिहान ७ बजेसम्म अन्तिम दर्शन तथा श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राख्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज बिहान मुसिकोट नगरपालिकामा जिप दुर्घटना हुँदा नेता भण्डारी सहित ३ जनाको मृत्यु भएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्