Logo

शुक्रवार देखी ‘सल्यान – काठमाडौँ’ डिलक्स बस सन्चालन हुँदै



Spread the love

salyani-delux

सल्यान रुकुम यातायात व्यवसायी समितिले शुक्रवार देखी सल्यान – काठमाडौँका लागि डिलक्स बस सन्चालन गर्ने भएको छ ।
 
गुणस्तरीय यातायात सेवा गाउँ देखि सहर सम्म पुर्‍याउने उद्देश्य राखेको सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले पछिल्लो समयमा सुविधा युक्त डिलक्स बसहरु समितिमा भित्र्याएको समितिका अध्यक्ष लोकमान बुढाथोकीले बताए ।
 
बस सल्यान खलंगा बाट बेलुका ४:३० बजे, श्रीनगर बाट ५:१५ बजे छुट्ने छ भने काठमाडौँ बाट ५:३० बजे छुट्ने डाइल इन्चार्ज शोभाकर थापा ‘सुनिल’ले जानकारी दिए ।
 
खलंगा देखी भाड़ा रु.११०० र श्रीनगर देखी रु.१०६५ क़ायम गरिएको छ ।
 
खलंगाको लागी सिट B को १,२,३,४,५,६,११,१२,१३,१४,१५,१६ र क्यावीन को ५,६ र श्रीनगर को लागी A को १,२,३,४,५,६,७,८,११,१२,१३,१४ ,१५र क्यावीन को १,२,३,४ साथै लान्तीको को लागी A को ९,१० B को ७,८ र लुहाम को लागी B को ९,१० छुट्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्