Logo

मकवानपुर इञ्चार्जसहित विप्लव नेतृत्वकाे नेकपाका २ पक्राउ



Spread the love

२९ चैत, काठमाडाैँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्का २ नेता पक्राउ परेका छन् ।

सो पार्टीका मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ सहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

मोटरसाइकलमा रहेका ज्वालासहित उनका सहयोगीलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका– ८ फायरलाईनबाट पक्राउ गरेको हो ।

सवारी चेकजाँचका क्रममा बिहीबार राति नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । यसअघि मकवानपुर प्रहरीले उक्त नेकपाका कार्यकर्ता रहेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो । सरकारले सो पार्टीलाई प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्