Logo

अब रहेनन् सबैका प्रिय नेता भण्डारी ,वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाद्वारा अन्तिम श्रद्धाञ्जली



Spread the love

२९ चैत, गुल्मी – जिप दुर्घटना परि ज्यान गुमाएका पूर्व सांसद् तथा नेपाली काङ्ग्रेसका आस्थाका धरोहर रुद्रमणि भण्डारीको आज अन्तिम श्रद्धाञ्जली सँगै सदाका लागि बिदाई गरिएको छ ।

परिवारको चाहना अनुसार भण्डारीको आफ्नै घाट मा आज दाह संस्कार गरिएको हो । अन्तिम श्रद्धाञ्जली दिन आज नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशाङ्क कोइराला स्वर्गीय नेता भण्डारीको आर्यघाटमै पुगेका थिए भने केन्द्रीय सदस्य चन्द्र भण्डारी हिजो नै तम्घास आएका थिए ।

श्रद्धाञ्जली अर्पण गदै काङ्ग्रेस नेता पौडेलले भने, “भण्डारीको निधनले नेपाली काङ्ग्रेसलाई मात्र नभई सिङ्गो नेपाली राजनीतिमा क्षति पुगेको छ ।”

त्यस्तै, भण्डारीको निधनले नेपाली राजनीतिमा निष्ठाको राजनीति गुमेको आफूले अनुभूति गरेको पाैडेलको भनाई रहेको थियो ।

त्यसैगरी महामन्त्री कोइरालाले मृत्यु सत्य रहेको कुरा बताउँदै केन्द्रीय सदस्य चन्द्र भण्डारी एउटा व्यक्ति मात्र नभई प्रजातान्त्रिक मूल्य मान्यता नै गुमाउनु परेको बताएका थिए ।

प्रदेश सांसद् दिनेश पन्थीले एउटा सच्चा र इमान्दर नेता गुल्मीले गुमाएको बताएका थिए ।

त्यस्तै नेपाली काङ्ग्रेसका पूर्व पार्टी सभापति त्रैलोक्य सेन , चन्द्र केसी ,नेकपा गुल्मीका सचिव बुद्धि जिसी, नेपाली काङ्ग्रेस गुल्मीका पार्टी सभापति भुवन श्रेष्ठले लगायतले श्रद्धाञ्जली अर्पण गर्दै रुद्र भण्डारीले देखाएको बाटोमा हिँड्नु नै सच्चा श्रद्धाञ्जली हुने बताएका थिए ।

२०४८ सालको निर्वाचनमा साविकको गुल्मी क्षेत्र नम्बर ३ बाट संसद् पदमा निर्वाचित भएका भण्डारीले गुल्मी जिल्लामा विकासको रेखा कोरेका थिए । आज अन्तिम श्रद्धाञ्जली दिन हजारौँ को सङ्ख्यामा सर्वसाधारण तथा विभिन्न दलका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्