Logo

तीन दिनभित्र मापदण्ड र अनुमति पत्र पेस गर्न भन्दै मन्त्रालय पत्र पठायो



Spread the love

३० चैत, कञ्चनपुर ।

कैलालीको धनगढीमा रहेको सारथी अस्पतालले बिना अनुमति उपचार सेवा सुरु गरेको भन्दै सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य निर्देशनालयले अस्पताललाई मापदण्ड र अनुमति पत्रसहितको प्रमाणपत्र तीन दिनभित्र पेस गर्न भनी पत्र पठाएको छ ।

मन्त्रालयका सचिव गोगनबहादुर हमालसँगको छलफलपछि निर्देशनालयले सो विवरण माग गरेको निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।

‘हामीले मापढण्ड पूरा गरे नगरेको कागजपत्र र अनुमति पत्र तीन दिनभित्र उपलब्ध गराउन भनी पत्र पठाएका छौं,’ डाक्टर अवस्थीले भने,‘कागजपत्र उपलब्ध गराउन नसकेपछि सिल गरिने छ।’

डाक्टर अवस्थीको हस्ताक्षरमा निर्देशनालयले पठाएको पत्रमा भनिएको छ, त्यस (सारथी) अस्पतालले स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका २०७० पहिलो संसोधन २०७३ को मापढण्ड पूरा गरे नगरेको आवश्यक प्रमाणपत्रसहित आवश्यक प्रमाणपत्रसहित ३ दिनभित्र यस निर्देशनालयमा जानकारी पठाउन हुन अनुरोध छ।’

अस्पतालले अनुमतिको लागि धनगढी उपमहानगरपालिका, प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयमा निवेदन दिएको भए पनि अहिलेसम्म सञ्चालन अनुमति पाएको छैन।

स्वास्थ्यको स्पष्ट ऐन नबन्दा अहिले नयाँ अस्पताललाई अनुमति दिने काम कतैबाट नभएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्