Logo

गुल्मीमा बृहत् निःशुल्क स्वास्थ शिविर सुरु ,सेवा लिनेको उल्लासमय सहभागिता



Spread the love
स्वास्थ शिविरमा खटिएका डाक्टरहको नामावली

३० चैत, गुल्मी – गुल्मीको पश्चिम क्षेत्रमा पर्ने मदाने गाउँपालिकाको आयोजनामा बृहत् निःशुल्क स्वास्थ शिविर सुरु भएको छ । स्वास्थको पहुँचबाट केही टाढा रहेका त्यस क्षेत्रका जनताले आफ्नै घर आगनमा निःशुल्क स्वास्थ सेवा पाउँदा हर्षित बनेका छन ।

जनताको स्वास्थ सेवालाई मध्यनजर गर्दै गाउँमै निःशुल्क स्वास्थ शिविरको आयोजना गरिएको मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर के.सि.ले सल्लेरी खबरलाई बताए । आज स्वास्थ शिवरको पहिले दिन महिला ८ सय ७१ र पुरुष ६ सय ३९ गरि १५ सय १० जनाले सेवा लिएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषि पोख्रेलले सल्लेरी खबरलाई जानकारी दिए ।

स्वास्थ शिविरका लागि उपस्थितहरू

शिविरमा देशका प्रतिष्ठित अस्पतालमा कार्यरत डाक्टरहरु बाट मुटु रोग,नाक,कान,घाँटी ,छाला,आँखा,मानसिक नशा रोग,हाडजोर्नी तथा भिडियो एक्सरे लगायतका दर्जनौँ सेवा प्रदान गरिएको छ । यसरी यति ठुला सेवा आफ्नै घर आगनमै अझ निःशुल्क रुपमा पाउँदा त्सय क्षेत्रका जनता अत्यन्तै खुसी भएका छन् ।

आज प्रदेश सभाका सांसद् दिनेश पन्थीले एक समारोहका बिच उक्त शिविर को उदघाट्न गरेका थिए । उद्घाटन गर्दै सांसद् पन्थीले स्वास्थ शिविर आयोजना गरेमा धन्यवाद दिँदै स्वास्थ नै सबै भन्दा ठूलो धन भएको बताएका थिए ।

औपचारिक कार्यक्रम गाउँपालिका अध्यक्ष दान बहादुर के.सि.को अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत सुरेश भन्डारी को सञ्चालनमा सप्पन्न भएको थियो ।

उक्त शिविर भोलि (आइतबार) सम्म चल्ने छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्