Logo

मुख्य खेलाडी विहीन बार्सिलोना पुछारको हुएस्कासँग बराबरीमा रोकियो



Spread the love

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा बार्सिलोना हुएस्कासंग गोलरहित बराबरीमा रोकिएको हो ।

कप्तान लियोनल मेस्सी र लुइस स्वारेजबिना मैदान उत्रिएको बार्सिलोनाले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरी खेलेको हो ।

हुएस्काविरुद्ध बार्सिलोनाले अधिकांस दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेको थियो ।  बल पोजिसनमा पकड जमाएपनि बार्सिलोनाले गोल भने गर्न सकेनन् । बार्सिलोनालाई मेस्सी र स्वारेजको अभाव खड्किएको थियो ।

यो बराबरीसंगै बार्सिलोनाले ३२ खेलबाट ७४ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडको भन्दा १२ अंकले अघि रहेको छ ।

हुएस्का २५ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्