Logo

आईपीएलः आजका दुई खेलमा कोलकाताका विरुद्ध चेन्नाई र हैदराबादका विरुद्ध दिल्ली भिड्दै



Spread the love

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई खेल हुदैछन् ।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच आमनेसामने हुदैछन् । खेल नेपाली समय अनुसार साँझ सवा चार बजेबाट सुरू हुनेछ ।

त्यसैगरी दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध रहेको दिल्ली क्यापिटल्सका विरुद्ध सनराइजर्स हैदराबादको भिडन्त हुदैछ । खेल नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ । आजको खेलमा सन्दीप लामिछाने प्लेइङ इलाभेनमा पर्छन् या पर्दैनन् भन्ने विषय सबै नेपाली क्रिकेट प्रेमीहरुमाझ कौतुहलता बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्