Logo

मध्य र पूर्वका भूभागमा मौसम बदली, मेघगर्जनसहित पानी पर्ने सम्भावना



Spread the love

१ बैशाख,काठमाडौं ।
उपत्यकासहित मध्य र पूर्वको केही ठाउँको मौसम अहिले बदली भएको छ । काठमाण्डौबाट पश्चिमतिर केही ठाउँमा मेघगर्जन पनि भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भु–भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी भु–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भूभागहरुमा हिमपातको सम्भावाना रहेको मौसमविद्ले बताएका छन् ।

आइतबार र सोमबार मध्य र पूर्वको मौसम बदली भए पनि पश्चिमको मौसम भने आंशिक बदली हुनेछ । मंगलबार भने देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्