Logo

लुक्लामा हेलिकप्टरसँग प्लेन ठोक्कियो , ४ जनाको मृत्यु



Spread the love
तस्बीरः रेडियो कान्तिपूर

१ बैशाख , सोलुखुम्बु – सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किदा ४ जनाको मृत्यु भएको छ । पाईलट सहित केही घाइते भएका छन् ।

रामेछापका लागि उडान भर्ने क्रममा धावन मार्गमा चिप्लिएर समिट एयरको नाईन एन एएमएच विमान मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा हेलिकप्टरका क्याप्टेन, समिट एयरका कोपाईलट र ड्युटीमा रहेका २ प्रहरीको मृत्यु भएको कान्तिपुरकर्मी भानुभक्त निरौलाले जनाएका छन् ।

समिट एयरका क्याप्टेनसहित केहीलाई भने उपचारका लागि काठमाडौं ल्याईएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिनुभयो । विमानमा चालक दलका सदस्य मात्र थिए । समिट एयरका अनुसार, विमानमा क्याप्टेन रवीन्द्र रोकाया, कोपाइलट श्रवण खड्का र एयर विमान परिचारिका मात्र थिए ।

क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । एयर होस्टेज पनि घाइते छन् । जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ एयरको हेलिकप्टरसित ठोकिएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्