Logo

देशमा अहिले विधिको शासनको अभाव छ : देउवा



Spread the love
 

१ वैशाख, धनगढी।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशमा विधिको शासनको अभाव भएको बताएका छन् ।

धनगढी जेसिजको आयोजनामा नयाँ वर्षको अवसरमा आयोजित हाफ म्याराथनको आइतबार धनगढीमा उद्घाटन गर्दै देउवाले विधिको शासन सञ्चालनका लागि जेसिजले देशव्यापी अभियान सञ्चालन गर्नुपर्ने बताए ।

देउवाले जेसिज धेरै महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै महत्वपुर्ण काममा अभियान संचालन गर्न आवशयक रहेको बताए । ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन दौड प्रतियोगितामा झण्डै तीन सय जनाको सहभागिता रहेको छ ।

पर्यटन र खेलको विकासमा टेवा पुया{उने उद्देश्यका साथ हरेक वर्ष जेसिजले यो प्रतियोगिता गर्दै आएको छ । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपियाँ, दोस्रो ३३ हजार ३ सय ३३ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्