Logo

अनियमितता गर्नमा “नम्बर वान्” गुल्मीका स्थानीय तह



Spread the love

 

१ बैशाख, काठमाडाैँ – सिंहदरबारको अधिकार गाउँ गाउँमा आयो भनियो । अब देशमा समृद्धिको ढोका खुल्यो र जनताले अब सिंहदरबारको अनुभूति गाउँ मै गर्नेछन् । तर, गुल्मीका स्थानीय तह भने सिंहदरबारको अनुभूति गराउन भन्दा पनि अनियमितता गर्नको पहिलो नम्बरमा परेका छन् ।

अख्तियार अनुसान्धनको कार्यालय बुटवलले दिएको जानकारी अनुसार यो आथिर्क वर्षको फागुन मसान्तसम्म गुल्मी जिल्लाबाट अनियमिता भएको र छानबिन गरियोस् भनेर ७१ वटा उजुरी दर्ता हुँदा संधीय मामिला तथा सामान्य प्रशान मन्त्रालय अन्तर्गत २२ वटा उजुरी दर्ता भएको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

शिक्षा क्षेत्रमा २१ वटा उजुरी परेका छन् भने भूमि सहकारी तथा गरिबी निवारण तर्फ २ , भौतिक पूर्वधार तर्फ १०, वन वातावरण तर्फ २, स्वास्थ्य तर्फ १
गृह तर्फ १ , ऊर्जा तर्फ ७ , साँस्कृतिक पर्यटन तर्फ १ , खानेपानी मा १ , कृषि तर्फ १ गरी ७१ वटा उजुरी दर्ता भएको अख्तियारको कार्यालय बुटवलले जानकारी दिएको छ ।

साथै, ७१ मध्ये ३२ वटा उजुरी फर्छ्युट गरेको र बाँकी अनुसन्धानको प्रक्रियामा रहेको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्