Logo

केन्याको बारमा १ दर्जन नेपाली महिला पक्राउ



Spread the love

१ वैशाख, काठमाडौं – केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पुर्याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार बिहान छापा मारेको थियो । त्यसक्रममा प्रहरीले क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ ।

उनीसँग क्यानेडाको पासपोर्ट भेटिएको छ ।

प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’लाई बताएका छन् ।

प्रहरीले उनीहरुलाई लुंगालुंगा सीमाबाट पछ्याएको थियो । तर, कसरी सफल रुपमा केन्या प्रवेश गरे भन्ने आश्चर्यको विषय रहेको प्रहरीले बताएको छ ।

केन्या प्रहरीले यौन व्यवसायका लागि मानव तस्करीविरुद्ध कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्