Logo

सिटी शीर्षस्थानमा



Spread the love

१ बैशाख , काठमाडाैँ – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा क्रिष्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितमा रहिम स्ट्रलिङले दुई गोल गरे । ग्राबीयल जिससले एक गोल थपे । क्रिष्टलका लुका मिलिजोभिकले एक गोल फर्काए ।

क्रिष्टलको मैदानमा खेलको १५ औं मिनेटमा स्ट्रलिङले गोल सिटीलाई सुरुवाती अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

खेलको ८१ औं मिनेटमा क्रिष्टलका मिलिजोभिकले गोल गर्दै खेल २-१ स्थितिमा ल्याए । तर, खेलको इन्जुरी समयमा जिससले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्