Logo

राप्रपाको अधिवेशन मा उदाउँदा नयाँ अनुसार को को चर्चा मा छन् ?



Spread the love

ra-pra-ba

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको पहिलो महाधिवेशन शुक्रवारदेखि राजधानीमा सुरु भएको छ ।

महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष कमल थापाले गरे । तीन दिनसम्म चल्ने महाधिवेशनले अध्यक्षसहित केन्द्रीय सदस्यहरूको चयन गर्नेछ ।हजारौँ कार्यकर्ता माँझ विभिन्न दलका प्रतिनिधि,कुटनितिक नियोग तथा अथितिहरु माँझ सव्य भव्य रूपमा उद्घाटन गरिएको छ ।

महाधिवेशनको भृकुटीमण्डपमा उद्घाटन गर्दै अध्यक्ष कमल थापाले राष्ट्रवादीबीचको एकतामा जोड दिए ।
सोही पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीलाई कुनै समूहविशेषको पेवा बनाउने प्रवृत्तिको अन्त्यका लागि पार्टीभित्र प्रजातान्त्रिक संस्कारलाई बलियो तुल्याएर शक्ति सन्तुलन कायम राख्ने कामलाई आफूले सधैँ शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले असाधारण दिनका रूपमा रहेको राप्रपा एकता महाधिवेशनले दिएको एकताको सन्देशलाई दीर्घजीवी तुल्याउन आवश्यक रहेको बताए ।
वरिष्ठ नेता पशुपतिशम्शेर जबराले ‘मुलुकको हित र जनताको भावनानुरुप अरू दलले काम गर्न नसकेकाले’ देशको विकासको नेतृत्व गर्न राप्रपा एक भएको बताए ।

हाईटेक प्रविभिबाट उद्घाटन गरिएको अधिवेशन जति आकर्षक थियो त्यो भन्दा आकर्षक राप्रपा भित्रका युवा अनुहारहरुको उम्मेदवारी पनि देखिएको छ।आज बन्दशत्र सुरु भएको छ र नयाँ नेतृत्वको निर्वाचन हुने छ ।जुन निर्वाचनमा युवा अनुहारहरु चुनावी मैदानमा उत्रने र राम्रो मत ल्याएर जित्ने अनुमान गरिएको छ ।जुन अनुहारहरु मनोज प्रधान, कोमल अोलि, कुन्ति कुमारी शाही, धवल शमशेर राणा, राजाराम बास्तोला, मोहन श्रेष्ठ , राजेन्द्र लिङदेन, सरस्वति केसी, ऋषि देवकोटा, प्रदिप उदय, गोपाल पाैडेल लगायत का नयाँ अनुहारहरु देखेका छन् ।

राप्रपाको यो महाधिवेशनलाई अरू राजनीतिक पार्टीले विशेष महत्त्व र चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्