Logo

एसईई पछिको फुर्सदमा ‘ब्रिज कोर्स’ पढ्नु किन आवश्यक छ ? जान्नुहोस् यसका फाइदाहरू !



Spread the love

माध्यमिक शिक्षा परीक्षा (एसईई) सकाएका विद्यार्थीहरू अहिले केही समय फुर्सदिला भएका छन् । परीक्षापछिको फुर्सद सबै विद्यार्थीका लागि साह्रै आनन्ददायक हुन्छ । नतिजा नआउन्जेलसम्मको समय अक्सर सबैजसो विद्यार्थीहरूले यो समय त्यसै खेर फाल्ने गरेको पाइन्छ ।

तर यो समयलाई पनि सही तरिकाले सदुपयोग गर्न सकियो भने त्यो जीवनभरका लागि लाभदायी बन्न सक्छ । त्यतिमात्र नभएर फुर्सदको समयमा नानाथरीका कुरा सोचिने भएकाले गलत बाटो रोज्नसक्ने खतरा पनि उत्तिकै हुन्छ । त्यसैले पनि विद्यार्थी तथा अभिभावक सबै समय मै सचेत र सजक हुनु आवश्यक छ ।

यो समयलाई ठिक ढंगले परिचालन गर्न सकियो भने सकारात्मक परिणाम हात पार्न सकिन्छ । एसईई पछिको छोटो अवधिलाई विद्यार्थीले आफ्नो हितमा अधिकतम सदुपयोग गर्न सक्नुपर्छ, त्यसैले विद्यार्थीहरूका लागि यो समयको सही सदुपयोग बन्न सक्छ – ‘ब्रिज कोर्स’

पाठ्यक्रमको हिसाबले पनि कक्षा १० सम्म र १० पछि (प्लस टु) को पाठ्यक्रममा ठुलो फरक छ । त्यसमाथि ‘ए-लेभल’का साथै सीटीईभीटीका विभिन्न प्राविधिक कोर्स पनि भएकाले यी सबैसँग फेमिलियर हुनका लागि पनि ‘ब्रिज कोर्स’ सहयोगी बन्ने शिक्षाविदहरू बताउँछन् ।

यो पनि पढ्नुहोस्ः

एसईई दिएका विद्यार्थीहरूले आफ्नो फुर्सदलाई कसरी सदुपयोग गर्न सकिन्छ

राजधानी काठमाडौंमा मात्रै नभएर अहिले देशका सबैजसो ठाउँमा ‘ब्रिज कोर्स’ अध्यापन गराउने इन्स्टिच्युटहरु खुलिसकेका छन् । जहाँ कक्षा १० पछि विज्ञान, व्यवस्थापन, ए-लेभल तथा प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि तयारी कक्षा उपलब्ध गराइन्छ ।

देशभरी नै पछिल्लो समयमा ब्रिजकोर्सको माग बढेको पाइन्छ । एसईईपछिको खाली समयमा घुमघाम गर्नेमात्र नभई कम्प्युटर सिकेर वा सीपमूलक तालिम लिएर आफ्नो क्षमता बृद्धि गर्नुको साथै आत्मविश्वास पनि बढाउन सकिने भएकाले अहिले धेरैका लागि पहिलो रोजाई नै बनेको छ – ‘ब्रिज कोर्स’

‘ब्रिज कोर्स’ नै किन ? के छन् यसका फाइदाहरू ?

  • ‘प्लस टु’ या ‘ए-लेभल’ या ‘प्राविधिक शिक्षा’ मा पढाई हुने कोर्सबारे सामान्य जानकारी लिन ।

  • प्रतिष्ठित कलेजहरूले लिने ‘प्रवेश परीक्षा’ मा उत्कृष्ट अंक ल्याई छात्रबृत्तीमा पढ्न ।

  • फुर्सदको समयलाई अनावश्यक कुरामा खेर नफालेर सही सदुपयोग गर्न ।

  • नयाँ-नयाँ साथीसँगी बनाउँदै एकापसमा सामाजिक हुन ।

  • भविष्यमा कुन विषय पढ्ने भन्नेबारे थप जानकारी लिन ।

  • कलेज छनौट कसरी गर्ने भन्ने दोधारबाट थोरबहुत मुक्त हुन, इत्यादी ।

प्रतिक्रिया दिनुहोस्