Logo

जापानमा गाडीको ठक्करबाट १ नेपालीको मृत्यु



Spread the love

३ बैशाख – जापानमा दुर्घटनामा परी नुवाकोटकी १ महिलाको मृत्यु भएको छ। जापानको नागोयामा नुवाकोटको शिवपुरी गाउँपालिका घर भएकी ममता मोक्तानको विपरित दिशाबाट आएको गाडीको ठक्करबाट सोमबार बिहान मृत्यु भएको हो।

मृतक ममताको माइती पर्सा जिल्लामा हो। ममताको मृत्युपछि नागोया प्रहरीले यसबारे अनुसन्धान सुरु गरिसकेको परिवारजनाले जनाएको छ।

एक महिनाअघि मात्र विवाह बन्धनमा बाँधिएकी ममता अप्रिल ४ मा जापान गएकी थिइन्। ओकिनावाबाट जापानी भाषा अध्ययन सकेर नागोंयामा होक्काईची कलेज अफ ईन्फरमेशन सेन्मोन गाक्कोमा अध्ययन गर्दै आएकी ममताको कलेज जानेक्रममा साइकललाई गाडीले ठक्कर दिई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्