Logo

विद्यार्थीको मृत्युपछि आक्रोशित अविभावकद्वार स्कुल तोडफोड



Spread the love

होस्टेलमा रहेका विद्यार्थीको मृत्युपछि आक्रोशित अविभावकले बनेपा ५ स्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सोमबार तोडफोड गरेका छन् ।

सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत काभ्रेको जनागाल ८ का १७ बर्षीय कृष्णराम पुर्कुटीको सोमबार बिहान मृत्यु भएको खबर आजको नागरिकमा छ ।

अविभावक र आफन्तले विद्यालय प्रशासनको लापारबाहीले मृत्यु भएको भन्दै तोडफोड गरेका हुन् । स्थिति सामान्य बनाउन प्रहरीले सात राउन्ड हवाई फायर गरेको थियो ।

एसएलसी तयारीका लागि होस्टेलमा बस्दै आएका कृष्णरामलाई उनीसँगै बस्ने साथीले बिरामी भएको भन्दै बिहान साँढे पाँच बजे बनेपा हस्पिटल लगेका रहेछन् । थप उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्