Logo

पर्यटन प्रवर्द्धनका स्टिकर प्रभावकारी



Spread the love
16649131_1275950619155719_2263640984841853761_n
जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको प्रवर्द्धन लागि यातायातको माध्यमबाट स्टिकरमार्फत प्रचारप्रसार गरिने भएको छ। पछिल्लो समय यसकै विकासका लागि विभिन्न गतिविधि भैरहेका छन् । मङ्गलवार जिल्लाको पहिचान झल्कने तस्वीरहरुको संगालोलाई जिल्लामा सञ्चालित गाडिहरुमा राखिएको छ । श्रीनगरमा भएको उद्घाटन तथा अन्तरक्रियात्मक कार्यक्रमका बिच १ सय १५ वर्षका वृद्धले स्टिकर राख्ने कार्यक्रमको उद्घाटन गरेका गरेका थिए।
१ सय १५ वर्षका मनविर डाँगीले उद्घाटन गरेको कार्यक्रममा जिल्लामा क्रियाशील व्यक्तिहरूको सहभागिता रहेको थियो । आफूले यो उमेरमा सम्मानका साथ काम गर्न पाएकोमा खुसी भएको बताउँदै डाँगीले कामले सफलता र निरन्तरता पाओस् भनी शुभकामना दिएका थिए । जिल्लालाई राष्ट्रिय रूपमा चिनाउनुका साथै जिल्लामा भएका मौलिक, सांस्कृतिक, ऐतिहासिक एवम् पर्यटकिय सम्पदालाई जगेर्ना गर्दै समृद्ध डिजिटल सल्यान बनाउने अभिप्रायले राखिएको आयोजकले बताए। कार्यक्रमका अवसरमा सल्यानको पर्यटन विकासमा हाम्रो विकास भन्ने विषयमा अन्तरक्रिया समेत गरिएको थियो।
सल्यान युवा सञ्जाल र सल्यान रुकुम यातायात व्यवसायी समितिको आयोजनामा भएको कार्यक्रममा सहभागीले पर्यटनको विकासको लागि सबै लाग्नुपर्ने बताएका छन्। उनीहरूले सल्यानको विकासका लागि पहिलो कुरा यहाँको पहिचान बाहिर जानुपर्ने भन्दै त्यसतिर केन्द्रित हुन आग्रह गरेका छन्। “सुन्दर सल्यान हाम्रो सान, पर्यटन प्रवर्द्धन हाम्रो पहिचान”नारा सहित ठुलो अक्षरमा सुन्दर सल्यान लेखिएको स्टिकरमा कुमाख पहाड, खैरावाङ, कुपिण्डे, छत्रेश्वरी, सल्यानी खुकुरी, कछुवादह, जथाक लेक, कुमाख पहाड लगायत अन्य तस्बिरहरू पनि राखिएको छ ।
सल्यानी युवा सञ्जालमा माउन्ट बुद्ध मिडिया(सल्लेरी खबर) सल्यान दृष्टिकोण, समृद्ध सल्यान, यान नेपाल लगायतका संस्थाहरू आवद्ध छन्। सल्यान रुकुम यातायात व्यवसायी समितिको सौजन्यमा तयार पारिएका स्टिकरमा सल्यानका पत्रकारहरुले सङ्कलन गरेका तस्बिर नेपाल पर्यटन पत्रकार सङ्घले उपलब्ध गराएको थियो ।
मङ्गलवार भएको कार्यक्रममा सल्यानी युवा सञ्जालका संयोजक सुदर्शन बुढाथोकी र सहसंयोजक तेज किरणकले अभियानको बारेमा जानकारी गराएका थिए । कार्यक्रमका अध्यक्ष लोकमान बुढाथोकीले समिति माताहतका सबै गाडिहरुमा स्टिकर टाँसिने भन्दै उद्घाटन कै दिनमा ९५ गाडीमा स्टिकर टाँसेको र यो अभियान निरन्तर चल्ने जनाएका छन् ।
16649131_1275950619155719_2263640984841853761_n
16807790_1275955682488546_8997468975720234265_n
16807812_1275953575822090_4017352171295489334_n
16819398_1275951202488994_6592963720358109422_o
16830754_1275955145821933_7080643786885795099_n16830858_1275949935822454_6470945074007767747_n16831907_1275952542488860_2846407596936088983_n16832387_1275957009155080_7552954139590201526_n16864344_1275951382488976_5621043355112680491_n16864584_1275954115822036_6391328914133489682_n16864693_1275957429155038_7407532786428028525_n
16864780_1275957709155010_296292032860048683_n
16865008_1275952375822210_7864247729441660183_n

प्रतिक्रिया दिनुहोस्