Logo

आईपीएलः हैदराबादले धोनी विहीन चेन्नाईलाई ६ विकेटले हरायो, कुन क्लब कति स्थानमा ?



Spread the love

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हैदराबादद्वारा शीर्ष स्थानको चेन्‍नाई सुपर किङ्स पराजित भएको छ । राजिब गान्धी क्रिकेट स्टेडियममा बुधबार राती भएको खेलमा सनराइजर्स हैदरावादले धोनीविहीन चेन्‍नाईलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्‍नईले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य घरेलु टोली हैदरावादले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्‍यो । हैदरावादका लागि जोनी बैयर्स्टो र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बैयर्स्टोले अविजित ६१ रन जोड्दा वार्नरले ५० रन बनाए । चेन्‍नईका इमरान ताहिरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । चेन्‍नईका लागि फाफ डु प्लेसिसले ४५ रन जोड्दा सेन वाट्सनले ३१ रन बनाए । हैदरावादका राशिद खानेले २ विकेट लिए ।

हैदरावाद ८ खेलबाट ८ अंक जोडेको छ । हैदरावाद पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्