Logo

‘लुट २’ आजबाट प्रदर्शनमा, बिहानैदेखि आक्रामक व्यापार



Spread the love

img_20170224_103430                २०६७ सालमा प्रदर्शनमा आएको लुटको सिक्वेल लुट २ महाशिवरात्रीलाई लक्षित गर्दै आजबाट प्रदर्शनमा आएको छ ।देशभरका एक सय भन्दा बढी हलबाट एकसाथ रिलिजमा आएको यो चलचित्रले धेरै रेकर्ड तोड्ने आशा गरिएको छ । यतिसम्मकी अग्रिम बुकिङका लागि खोलिएको काठमाडौंका मल्टिप्लेक्सहरुमा शुक्रबार र शनिबारसम्मका लागि सबै टिकट बुक भइसकेको छ ।सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र लुट २ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो भने यसका निर्माता माधव वाग्ले र नरेन्द्र महर्जन हुन ।

चलचित्रमा हाकु कालेले बैंक लुटेर धोका दिएपछि नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले कसरी हाकु कालेलाई दुख दिन्छन् भन्ने चलचित्र लुट २ मा देखाउन खोजिएको छ ।

आज बिहानै देखी चाबहिलमा अबस्थित  गोपी कृस्ण हल मा दर्सक को बाक्लो उपस्थिती देखिएको छ ।भिडलाई ब्यब्स्थापन गर्न प्रहरीलाई हम्य हम्य परेको थियो तथा लाठी चार्ज समेत गर्नु परेको थियो ।

img_20170224_1030211

img_20170224_1033501

img_20170224_0730031

img_20170224_1033581

हेर्नुहोस भिडियो:

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्