Logo

कृतिका सापकोटाको गजल



Spread the love

कृतिका सापकोटा

नलेखिएकाे कहानी याे, लेख्दा खेरी कस्तो हाेला
नदेखिएको सपनी याे, देख्दा खेरी कस्ताे हाेला !!

यत्रतत्र डुल्ने मन, सम्हालेर राख्नु भन्दा
नपाेखिएकाे जवानी याे, पाेख्दा खेरी कस्ताे हाेला !!

भरिएको रै’छ माया, गरुङ्गो पाे भयाे मन
नजाेखिएकाे मायालाई, जाेख्दा खेरी कस्तो हाेला !!

लुकीलुकी हेर्नु कति, उनी हिड्ने बाटाे त्यो
नछेकिएकाे बाटाे त्याे, छेक्दा खेरी कस्तो हाेला !!

नलेखिएकाे कहानी याे, लेख्दा खेरी कस्तो हाेला
नदेखिएको सपनी याे, देख्दा खेरी कस्तो हाेला !!

०००

०००

 

प्रतिक्रिया दिनुहोस्