Logo

को-को हुन् त २०७५ मा डेब्यु गरेकी नेपाली नायिका, जसले मच्चाइन् ठुलो तहल्का ? (फोटो फिचर)



Spread the love

वर्ष २०७५ मा नेपाली सिने क्षेत्रमा धेरै नयाँ अनुहारहरू भित्रिएका छन् । तीमध्ये कैयौं फ्लप भएर हराए भने केहीले आफ्नो अलग अन्दाजको जादुका बलमा डेब्यु गरेकै वर्षमै धमाका मच्चाउन सफल भएका छन् ।

हेर्नुहोस वर्ष २०७५ का डेब्यु नायिका, जसले मच्चाइन् ठुलो तहल्काः                                            

७. रेवती क्षेत्री
चलचित्र ‘समर लभ’ बाट डेब्यु गरेकी नायिका रेवती क्षेत्री पछिल्लो समय निकै चर्चा रहेकी छिन् ।
६.आश्मा गिरी
म्युजिक भिडियोबाट चलचित्र ‘ड्रीम गर्ल’ मा डेब्यु गरेकी नायिका आश्मा गिरी अहिले राम्रो नाम कमाइ रहेकी छिन् ।
५ . निरिशा बस्नेत
नायिका निरिशा नेपाली चलचित्रमा पाइला टेक्नुभन्दा पहिला भरतीय टेली श्रृंखला ‘मार मेडलिन’मा काम गरिरहेकी थिइन् । उनले चलचित्र ‘जानी नजानी’ बाट डेब्यु गरेकी हुन् ।
४. शिल्पा मास्के
नेपाली चलचित्रमा आउनु भन्दा पहिला हलिउड चलचित्रको गीतमा डान्सरको रुपमा काम गरिसकेकी नायिका शिल्पाले ‘द ब्रेक अप’ बाट नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेकी हुन् । उनले त्यसपछि चलचित्र ‘कागज पत्र’ र ‘सानो मन’मा पनि अभिनय गरेकी छिन्
३. मालिका महत

पछिलो समय निकै चर्चामा आएकी नायिका मालिका महतले नेपाली चलचित्र ‘यात्रा’ बाट डेब्यु गरेकी हुन् । ‘यात्रा’ अहिले हलमा चलिरहेको छ
२. उपासाना सिंह ठकुरी
चर्चित नायक तथा निर्देशक भुवन केसीले निर्देशन गरेको चलचित्र ‘क्याप्टेन’ बाट डेब्यु गरेकी हुन् – नायिका उपासाना सिंह ठकुरीले । पछिलो समय निकै चर्चामा रहेका मेगास्टार अनमोल केसीसँग खेलेका कारण पनि उनी निकै चर्चामा आएकी हुन् ।
१. सुहाना थापा
अहिले निकै चर्चामा आएकी नायिका हुन् – सुहाना थापा । उनले चलचित्र ‘ए मेरो हजुर न – ३’ मार्फत् आफ्नै प्रोडक्सन हाउसबाट डेब्यु गरेकी हुन् उनको चलचित्र रिलिज हुनु भन्दा पहिले नै उनी निकै चर्चामा आइसकेकी थिइन् उनको चलचित्र अहिले हलमा चलिरहेको छ र बक्स अफिसमा बम्पर कलेक्सन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्