Logo

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा शर्मा



Spread the love

pratik-sharma

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । हिजो देखी सुरु भएको अधिवेशनले १६ सदस्यीय नयाँ कार्य समिति चयन गदैँ आज सम्पन्न भएको छ । अधिवेशनले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा प्रतीक ईच्छुक शर्मालाई सर्वसम्मत रूपमा चयन गरेको छ ।

यस्तै उपाध्यक्षमा भरत बस्नेत, उपाध्यक्ष महिलामा प्रगति कुमारी गिरी, सचिवमा शंकर केसी, सहसचिबमा शिबलाल डाँगी, समावेशी सहसचिबमा भीम बहादुर परियार र कोषाध्यक्षमा योगराज विश्वकर्मा निर्बिरोध चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा खुल्ला तर्फ भक्त बहादुर केसी, ईश्वरी केसी, बिरेन्द्र डिसी, टिका केसी, कृष्ण बहादुर वली, पूर्णचन्द्र शर्मा चयन हुनु भएको छ । यस्तै जनजाति सदस्यमा बुद्धिमान पुन, महिला तर्फ सरिता चलाउने, र अस्मिता गिरी सर्वसम्मत चयन भएका छन् ।

यस्तै प्रदेश सभासदमा जनक भण्डारी, प्रधुम्न उपाध्यय, मिना कुढाथोकी, धिरज रावत, शनत कुमार शर्मा, प्रकाश रेग्मी, नवीन पौडेल, राजेश शर्मा, टिकाराम भण्डारी, दिपक कुमार शर्मा र तिलकराज वली सर्वसम्मत चयन भएका छन् ।

यस्तै केन्द्रीय सभासदमा जित प्रसाद आचार्य, चन्द्रकला बुढाथोकी, टेकराज शाही, रेशम डिसी, युवराज रेग्मी, सुरेश श्रेष्ठ, रमेश वली, जिबन बिसी, डिल्लीराज रावत र पुरुषोत्तम गिरी सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्